रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको स्वरमा नयाँ गीत ‘सुन माया’ सार्वजनिक गरिएको छ । उक्त रोमान्टिक गीतको म्युजिक भिडियो बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।

गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गर्नुभएको हो । भिडियोमा कलाकारहरू शुभम आचार्य र योगिशा खत्रीको अभिनय रहेको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरूले फरक गर्ने प्रयास गरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रायः म्युजिक भिडियोमा उमेर पुगेका कलाकारले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा–युवतीलाई अभिनय गराउने सोचनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’

निर्देशक पाण्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा-युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताउनुभयो । ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा–युवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनौट गर्‍यौ । छायांकनमा उहाँहरूलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?