वरिष्ठ हस्तकलाकर्मी स्वर्गीय शाक्यको सम्झना

Read Time = 1 min

काठमाडौं । नेपाल हस्तकला महासंघले वरिष्ठ कलाकार स्वर्गीय राजकुमार शाक्यलाई सम्झिएको छ । महासंघअन्तर्गतको कला तथा शिल्प परिषद् र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभागले संयुक्तरूपमा उहाँको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।

श्रद्धाञ्जलीसभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष तथा कला तथा शिल्प परिषद्का सभापति नवीन शाक्य, नेपाल आर्ट भिलेजका अध्यक्ष राजेन्द्र शाक्य, प्रतिष्ठानको हस्तकला विभाग प्रमुख धर्मराज शाक्य, प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य र सुजाता शाक्यलागायले नेपालको हस्तकला क्षेत्रमा स्वर्गीय शाक्यको योगदानबारे चर्चा गर्नुभएको थियो । स्वर्गीय शाक्यले ७४ फिटको भैरवको मूर्ति निर्माण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?