इन्भेस्टमेन्ट र मेगा मर्जर सम्झौता

Read Time = 3 mins

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहबीच मेगा बैंकका सय कित्ता सेयर बराबर इन्भेस्टमेन्ट बैंकका ९० कित्ता सेयर हुने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार मर्जरपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ भने अध्यक्ष नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा पनि इन्भेस्टमेन्टकै प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे रहनुहुनेछ । डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशीले सम्हाल्नुहुनेछ । ढिलोमा असोजसम्ममा एकीकृत कारोबार सुरु गर्ने दुवैको तयारी छ ।

हाल नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । ९० प्रतिशतको स्वापमा मर्जर हुँदा इन्भेस्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी करिब ३३ अर्ब पुग्नेछ । इन्भेस्टमेन्टको जगेडा कोषमा १४ अर्ब ३५ करोड रुपैयाँ र मेगाको तीन अर्ब ६८ करोड रुपैयाँ सञ्चित रहेको छ ।

इन्भेस्टमेन्टले गत चैतसम्म एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने एक खर्ब ६५ अर्ब कर्जा लगानी गरेको छ । मेगा बैंकले एक खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब ४७ करोड कर्जा लगानी गरेको छ । चैतसम्म इन्भेस्टमेन्टले दुई अर्ब ४७ करोड नाफा आर्जन गरेको छ भने मेगाले दुई अर्ब एक करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?