जजिराको जहाज काठमाडौंबाट डाइभर्ट भएर गौतमबुद्ध विमानस्थलमा अवतरण

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

भैरहवा । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट काठमाडौंका उडान भरेको जहाज आज (मंगलबार) भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो । गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?