प्रधानमन्त्री देउवाले आज संघीय संसदमा सम्बोधन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संघीय संसदमा सम्बोधन गर्ने हुनुभएको छ ।

रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहररूले उठाएका प्रश्नको जवाफ दिने हुनुभएको हो ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहररूले जवाफ दिइरहेका हुन् । आज नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

आज त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?