लामो समयपछि शेयर बजार सुधारोन्मुख

Read Time = 1 min

काठमाडौं । लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो ।

यस्तै, क वर्गको सेन्सेटिभ समेत ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । दोहोरो अंकले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ ।

यसदिन १३ वटा उपसूचकमध्ये जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०.०४ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ ।

बिहीबार आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?