भुकम्पको बेला मानवीय सहयताका लागि अमेरिकालाई पत्र लेखिएको हो, सैन्य गठबन्धनका लागि होइन- प्रधानसेनापति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं

प्रधान सेनापती प्रभुराम शर्माले भुकम्पको अप्ठयारो स्थीति सामना गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाउनु भएको छ ।

अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्विकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाउनु भएको छ । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा बोल्दै प्रधानसेनापति शर्माले सार्वजनिक भएको १० बुदेँ फरम्याट आधिकारिक नभएको पनि जनाउनु भएको छ ।

‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भन्नुभयो, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गए पछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’ ०७२ सालको भुकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापतिशर्माले बैठकमा जानकारी दिनुभयो । ।
‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहयाताबाहेक अरु उदेश्य थिएन, हैन’ समिति बैठकमा शर्माले भन्नु भयो ।

तर, हालै सार्वजनिक भएको १० बुदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उहाँको भनाई छ । ‘अहिले १० बुदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भन्नु भयो । बैठक जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?