गानोडर्मा च्याउको चिया

Read Time = 2 mins

काठमाडौं । पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर भन्ने नाराका साथ बहुऔषधीय गुण भएको गानोडर्मा (रातो) च्याउको व्यावसायिक उत्पादनसँगै बिक्री सुरु गरिएको छ । भैरव च्याउ उद्योग प्रालि तानसेन-८ जरेपीपलमा उत्पादन हुँदै आएको रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री सुरु गरेको हो । रातो च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो ।

जसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने कम्पनीको दाबी छ । च्याउलाई भैरव च्याउ उद्योगले आधुनिक ल्याबमा उत्पादन गरी बजारमा ल्याएको कम्पनीका अध्यक्ष केशवबहादुर कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार च्याउ नेपालकै जंगलमा पनि पाइन्छ भने आकार पंखाजस्तै फैलिएको हुन्छ । अन्य च्याउ जस्तो नरम र मीठो हुँदैन । काठजस्तो साह्रो हुन्छ र तीतो हुन्छ । त्यसैले अन्य च्याउजस्तै तरकारीका रूपमा उपयोग हुँदैन । सुकाएको रातो च्याउको टुक्रा पानीमा उमालेर रस चियाका रूपमा पिउनुपर्ने हुन्छ ।

रातो च्याउमा पोलीसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्सजस्ता औषधीय तत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन्स, मिनरल, माइक्रोनट्रियन्टस्लगायतका पौष्टिक तत्वहरू पनि पाइने कम्पनीको दाबी छ । रातो च्याउको खुद्रा मूल्य प्रतिकेजी २० हजार रुपैयाँ र थोकमूल्य र १२ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?