सानिमा र पाटन अस्पतालबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिँदै आएको छ ।

सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति बीस हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सम्झौता पुनः नवीकरण गरेको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकतर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । पाटन अस्पतालमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका निर्देशक प्राडा रवि शाक्यले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?