बर्दघाटमा आगलागीबाट दुई घर नष्ट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १३ मझौनीको हडहिया टोलमा आगलागी हुदा दुई ओटा घर जलेर नष्ट भएको छ ।

मंगलबार मध्यान्ह १२ बजे तिर स्थानिय शान्ती मुसहर र सुकै मुसहरको घरमा आलागी भएको थियो । आगलागीबाट खपडाले छाएका दुवै कच्चिघर जलेर नष्ट भएको छ भने एक जना घाईते भएका छन् । आगोमा जलेर शुशिला मुसहर घाईते भएको नेपाल रेडक्रस सोसाईटी नवलपरासी जिल्लाका उपमन्त्री सुरज केसीले जानकारी दिनुभयो । मुसहरको दुवै हात र शरीरका विभिन्न भागमा आगोले पोलेको छ ।

एक्कासी लागेको आगोका कारण नगद सहित अन्नपात, लत्ताकपडा, कागजपत्र सबै जलेको छ भने खोरमा रहेका कुखुरा र केही बाख्रा पनि मरेको केसीले बताउनुभयो । स्थानीय जनप्रतिनिधि लगायत केसी सहित रेडक्रसको टोली उनीहरुलाई दैनिकी चलाउन अत्यावश्यक केहि समाग्री प्रदान गरेको छ । आगो स्थानियहरुले नियन्त्रणमा लिएका थिए । गर्मियाम सुरु भएसंगै यहाँ आगलागी घटना बढ्ने गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?