म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणका उत्कृष्ट पाँच सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
विसं २०७८ साल वैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जना अवार्डमा सहभागी गराइएको आयोजकले जनाएको छ । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोकदोहोरी, गजल, चलचित्र, आधुनिक विधाका स्रष्टा र सिर्जना अवार्डमा समावेश गरिएको छ । आयोजकले ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रूपमा सांस्कृतिक पर्यटन बढाउन राजधानीलगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको जनाएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्युजिक खबर डटकमले प्रस्तुत गर्दै आएको छ । अवार्ड आगामी फागुनको पहिलो हप्तामा राजधानीमा सम्पन्न गरिने बताइएको छ । अवार्डमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एकजना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिने तथा पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिनुका साथै एकजना युवा प्रतिभालाई म्युजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, एकजना वरिष्ठ पत्रकारलाई म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान तथा बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ । यस्तै गीतसंगीत क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरूलाई पनि विभिन्न सम्मानद्वारा सम्मानित गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?