काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ५९ पैसा तोकेको छ ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा शुक्रबार कमि आएको छ ।
बिहीबार एक डलरको विनिमयदर १२५ रुपैयाँ ७२ पैसा थियो ।
आज युरो १ को खरिददर १३१.४८ पैसा र विक्रीदर १३२.११ पैसा रहेको छ ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.१९ पैसा विक्रीदर ८६.६० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९।२४ पैसा र विक्रीदर ९.२८ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :