पेस्तोलसहित एक युवक पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

जनकपुर । पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा‍बाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?