नेकमा रोबोट निर्माण तालिम

Read Time = 3 mins

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट निर्माणसम्बन्धी सफ्टवेयर तालिम सम्पन्न भएको छ । पाँचदिने तालिम कार्यक्रम असार १३ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको थियो । ३२ जना सहभागी रहेको तालिममा सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विधाका शिक्षक तथा नेपाल इन्जिनियरिङ कलेजको रोबोटिक्स क्लबका केही विद्यार्थीको सहभागिता थियो ।

तालिम समापनको अवसरमा मेकानिकल इन्जिनियर उपप्राध्यापक विभु शर्माले सोलिड वक्र्स नामक सफ्टवेयरमा रोबोटिक्स आर्म (रोबोटको हात) निर्माण गरी चलाउन सिकाएर कार्यक्रमको उद्देश्य पूरा भएको जानकारी गराउनुभएको थियो । प्रमुख प्रशिक्षक उपप्राध्यापक निस्वान ढकालले कार्यक्रम एउटा सहजीकरणको माध्यममात्र भएकाले निपुणता ल्याउन निरन्तर प्रयास हुनुपर्ने बताउनुभयो ।

तालिममा सहभागी सुवर्ण खड्काले तालिम कार्यक्रमले रोबोटिक्स क्षेत्रमा नयाँ आयामले लाग्ने प्रेरणा मिलेको बताउनुभयो । रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्न सोलिड वक्र्स नामक सफ्टवेयर निकै उपयोगी रहेको प्रशिक्षक डा. अरुण सत्यालले बताउनुभएको छ ।
स्वतन्त्र कर्मचारी संगठन गठन

स्वतन्त्र कर्मचारी संगठन नेक गठन भएको छ । कलेजमा रहेका कर्मचारीको भेलाले मनोहर खनालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । उपाध्यक्षमा सन्तुराम बस्नेत, सचिवमा लोचन न्यौपाने, सहसचिवमा ऋषिराम न्यौपाने र कोषाध्यक्षमा बाबुकृष्ण खनाल रहनुभएको छ । सदस्यमा सत्यप्रसाद खनाल, प्रमिला पौडेल, गंगा नेपाल (न्यौपाने), गोवद्र्धन न्यौपाने, मनोज गौतम र भरत सुनुवार रहेको नेकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?