अन्तिम खेलमा नेपालको हार

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । क्यानडा भ्रमणको अन्तिम खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले बुधबार राती घरेलु टोली क्यानडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको हो । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानडाले १-० ले जितेको छ । जितका लागि १८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियाो । नेपालका ओपनर कुशल भुर्तेल १७ बलमा एक रन र पवन सर्राफ २७ बलमा १४ रनमा आउट हुनुभयो । देव खनाल ४९ बलमा दुई चौकासहित २६ रनमा आउट हुनुभयो ।

त्यसबाहेक रोहित पौडेल ६, दीपेन्द्रसिंह ऐरी गोल्डेन डक, आरिफ शेख डक, बसिर अहमद ४१ बलमा १३ र विनोद भण्डारी २३ बलमा एक छक्कासहित १३ रनमा आउट रहनुभयो । आदिल अन्सारी १३ र सन्दीप लामिछानेले ११ रनमात्रै जोड्न सक्नुभयो ।

क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई-दुई विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

एक समय ३८ ओभरमा ११८-९ को अवस्थामा पुगेको क्यानडालाई श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको सानदार अविजित साझेदारी गरेपछि प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । श्रेयस ५९ बलमा तीन चौका र दुई छक्कासहित ५० रनमा अविजित रहनुभयो ।

खालिद ३६ बलमा तीन चौका र एक छक्कासहित ३० रनमा अविजित रहनुभयो । क्यानडाका ओपनर आरोन जोनसनले ५५ बलमा आठ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिनुभयो । क्यानडाका ओपनर रयान खानपठान पहिलो ओभरको अन्तिम बलमा एक रनमा आउट हुनुभयो । भूपेन्द्रसिंह २८ बलमा एक चौकासहित १० रनमा आउट हुनुभयो ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित ३१ रन खर्चेर तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले नौ ओभरमा एक मेडनसहित ३३ रन खर्चेर दुई विकेट लिनुभयो । बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक-एक विकेट लिनुभयो ।

नेपाली टोली बिहीबार स्कटल्यान्ड प्रस्थान गरेको छ । स्कटल्यान्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली र नामिबियासँग खेल्नेछ । स्कटल्यान्डमा नेपालले असार २७ गते पहिलो र असार २९ गते दोस्रो खेल नामिबियासँग खेल्नेछ । असार ३२ गते पुनः नेपालले नामिबिया र साउन १ गते स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाइका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

नेपाली टोलीमा बायाँ हाते युवा स्पिनर बसिर अहमदलाई पहिलोपटक औपचारिक रूपमा समेटिएको छ । वैशाखमा जिम्बावे ‘ए’ सँग भएको टी–२० र एकदिवसीय अभ्यास खेल बसिरले नेपालबाट खेलिसक्नुभएको छ । तर, जिम्बाबे ‘ए’ सँगको खेलमात्रै भएको हुनाले उहाँ पहिलोपटक औपचारिकरूपमा नेपाली टोलीमा पर्नुभएको हो ।

घोषणा टोलीमा युवा अलराउन्डर पवन सर्राफले पुनरागमन गर्नुभएको छ । यसअघि टोलीमा रहनुभएका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने टोलीबाट बाहिरिनुभएको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।

नेपाललाई आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न र ओडिआई मान्यतालाई कायम राख्न बाँकी खेलको नतिजा आफ्नो पक्षमा पार्नु जरुरी छ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाइका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । त्यसबाहेक प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?