कैलालीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

गौरीगङ्गा नगरपालिका-९ शङ्करपुरमा गए राति सुपप्र ०१-००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा सुपप्र ०१-००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा-९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् ।

चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?