सिक्लेस हाइड्रोपावरले ६ साउनबाट आईपीओ खुला गर्ने

Read Time = 2 mins

काठमाडौं । सिक्लेस हाइड्रोपावरले आउँदो ६ साउनेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दाहरुको लागि आईपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्कीको मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीयबासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आईपीओलाई ‘कियर एनपी रेटिङ डबल बीप्लस’प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा २० साउनसम्म र ढिलोमा ४ भदौसम्म आईपीओ खुला रहनेछ । स्थानीयबासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?