भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरू सहयोग गरेको छ ।

शुक्रवार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

भारतले तीन हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरूको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

उहाँले भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले सहयोग महत्वपूर्ण रहेको भन्दै नेपाल र भारत सरकारबीचको सम्बन्ध सुमधुर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेका छौँ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ । भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले पहल्यिैदेखि सहयोग गर्दै आएको छ । प्राकृतिक विपद्का लागि क्षमता विकासमा पनि भारतले सहयोग गरिरहेको छ ।’

त्यस्तै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताउनु भयो । उहाँले प्राकृतिक विपद्का घटनाको न्यूनिकरणका लागि आगामी दिनमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र भारतमा वर्षायाममा धेरै क्षति पुग्छ । नेपालले सहयोग मागेपछि हामीले नेपाललाई धेरै सहयोग ग¥यौं । भारतले नेपाललाई सधैँ सहयोग गरिरहेको नै छ । प्राकृतिक विपद्को सामना गर्नु नेपाल र भारतको विकासको साझेदारीको एउटा महत्वपूर्ण कुरा हो । नेपालसँग भविष्यमा पनि मिलेर भारत प्राकृतिक विपद्का सामना गर्न चाहन्छ । यसको लागि जे क्षमता विकास गर्नसक्छौँ भारतले गर्नेछ ।’

राजदुत श्रीवास्तवले विपद्को सामना गर्नको लागि आवश्यक क्षमता विकास गर्न पनि भारतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?