सानिमाको धमाका मुद्दती खाता

Read Time = 2 mins

काठमाडौं । सानिमा बैंकले न्यूनतम अवधिमा पाँच गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत तीनवटा मुद्दती खातामा रेमिट्यान्स धमाका मुद्दती खाता, सानिमा धमाका मुद्दती खाता र सानीमा कर्पोरेट धमाका खाता रहेका छन् ।

सानिमा रेमिट्यान्स धमाका मुद्दती खाताअन्तर्गत ५.७९ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा चार गुणा र १३.४५ वर्षमा पाँच गुणा रकम प्रदान गरिने बैंकले जनाएको छ । तर, न्यूनतम मौजदात भने ५ लाख रुपैयाँ हुनुपर्नेछ । सानिमा धमाका मुद्दती खाताअन्तर्गत ६.३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.३ वर्षमा चार गुणा र १४.६६ वर्षमा पाँच गुणा रकम प्रदान गरिने बैंकले जनाएको छ ।

सानिमा कर्पोरेट खाताअन्तर्गत ६.९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा चार गुणा र १६.१२ वर्षमा पाँच गुणा रकम प्रदान गरिने छ तर न्यूनतम मौजदात १० लाख रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?