ज्लाटन इभ्राहिमोविच थप एक वर्ष एसी मिलानमै रहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन् । ४१ वर्षीय इब्राहिमोविचले नयाँ सम्झौतासँगै सन् २०२३ को जुन ३० सम्म मिलानमा रहने पक्का भएको छ ।

इभ्राहिमोविचले गत सिजन ८ गोल गर्दा एसी मिलानले सहरी प्रतिद्वन्दी इन्टर मिलानलाई पछि पार्दै सिरीज ए उपाधि जितेको थियो । सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाईटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन् ।

१२१ खेल खेल्दै ६२ गोल गरेका इभ्राहिमोविच स्विडेनको सर्वाधिक गोलकर्ता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?