सर्वनाममा ‘सपना अनेक अनेक’ नाटक मञ्चन हुँदै

Read Time = 1 min

काठमाडौं । आजदेखि काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम थिएटरले गीति नाटक ‘सपना अनेक अनेक’ मञ्चन गर्ने भएको छ । गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित नाटकको परिकल्पना तथा निर्देशन अशेष मल्लले गर्नुभएको हो ।

नाटकमा मनोज महर्जन, मिलन शाक्य, रविना परियार, शू-गूँ, भावना उप्रेती, धीरज थापा, निरीक्षा घतानी आदि कलाकारको अभिनय रहनेछ । आगामी २१ गतेसम्म मञ्चन हुने नाटकमा राजु सिंहको संगीत, सत्यराज आचार्य तथा बानिका प्रधानको गायन छ भने प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी छ ।

नाटक प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो हुने सर्वनाम थिएटरले जनाएको छ । नाटकका लागि अन्यलाई तीन सय रुपैयाँ र विद्यार्थीलाई दुई सयको टिकटको व्यवस्था गरिएको छ । सर्वनामले आफ्ना चार दशकको इतिहासमा पहिलोपटक गीति नाटक प्रस्तुत गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?