साथीमार्टपछि सागी पार्टनर्स कम्पनी

Read Time = 2 mins

काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिममार्फत औपचारिक रूपमा सुरु भएको हो ।

कम्पनीअन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रोनिक्स, उत्पादन, कृषि, कपडा ब्राण्ड, मःम फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजीलगायत सातभन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीका अध्यक्ष तथा साथीमार्टका प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले बताउनुभयो ।

कम्पनी स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ ।

कम्पनीको अधिकृत पुँजी ५० करोड र चुक्ता पूँजी हाललाई पाँच करोड ७३ लाख रुपैयाँ रहेकोमा चालु आवमा १५ करोड ७३ लाख चुक्ता पुँजी पुर्‍याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक बिक्रीमार्फत व्यावसायिक सोचका व्यक्तित्वहरू जोड्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?