भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्यो

Read Time = 1 min

भक्तपुर । भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।

आइतबार दिउँंसो सवा १२ बजे भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएको र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये दुईजनाको अझै पहिचान हुन सकेको छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।

तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?