बाँकेमा दम्पती मृत फेला, हत्याको आशंका

हिमालय टाइम्स
Read Time = 1 min

नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित पावर्तीपुरमा एक दम्पती मृतावस्थामा भेटिएका छन् ।

आफ्नै घरमा कृष्ण गडरिया र उहाँकी श्रीमती मञ्जु गडरिया मृत फेला पर्नुभएको हो । कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार श्रीमानको हातमा चोट देखिएको र श्रीमतीको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको छ ।

उहाँहरूको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?