चेरीको एक्सचेन्ज अफर

Read Time = 1 min

काठमाडौं । नेपालमा चेरी गाडीको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । काठमाडौंको थापाथलीस्थित चेरीको सोरुममा सुरु भएको एक्सचेन्ज विक आइतबारसम्म चल्नेछ ।

एक्सचेन्ज विकमा पुराना कुनै पनि ब्रान्डका कारसँग नयाँ चेरी कार साट्न सकिनेछ भने चार लाख रुपैयाँसम्म छुट उपलब्ध हुनेछ ।

त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस एक लाख रुपैयाँसम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि एक लाख रुपैयाँसम्म उपलब्ध हुनेछ ।

त्यस्तै ग्राहकलाई एक वर्षको इन्स्योरेन्स र एक वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले छ लाख ३१ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?