नवलपरासी पूर्वमा बस दुर्घटना, २१ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

नवलपरासी । महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस पल्टिँदा २१ जना घाइते भएका छन् । उनीहरूको कावासोतीस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार बुधबार बिहान साढे ५ बजे बर्दघाटबाट कावासोतीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कञ्चनपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ५१०० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ पल्टिएको हो ।

दुर्घटनामा २१ जना सामान्य घाइते भएका छन् भने थप चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस पल्टिएपछि आगलागी समेत भएको छ ।

बसमा कति जना सवार रहेका थिए भन्ने बारे यकीन तथ्यांक आउन बाँकी छ । अहिले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?