ललितपुर । ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनि टिपरमा बाग्मती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल गएराती ९ बजे ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचो बस्ने अन्दाजी २३ बर्षीय ठगिन्द्र राई र पछाडी सवार लललितपुरकै महालक्ष्मी नगरपालिका- १४ रानीबु बस्ने अन्दाजी ३५ बर्षीय सुरज अधिकारी घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच