उपत्यकामा सिटिजन्सका थप तीन शाखा

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं उपत्यकामा थप तीन शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा क्रमशः १७८औँ, १७९औँ तथा १८०औँ शाखा सञ्चालनमा ल्याएको हो ।

पछिल्ला शाखासँगै काठमाडौं उपत्यकाभित्र बैंकका ३५ शाखा र बागमती प्रदेशमा ४९ शाखा पुगेका छन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुुभयो ।

बैंकले सुुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?