प्रतिनिधि सभाको बैठक बस्दै, (सम्भावित कार्यसूचीसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । संघीय संसदको सचिवालयका अनुसार बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल हुनेछ ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै आजैको बैठकमा मन्त्री बडूले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

शुक्रवार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सावर्जनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत छ । आजको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?