सुनको मूल्य तोलामा आठ सयले बढ्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ ।

चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?