जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका-८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा राती ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?