‘युवा विदेशिँदा स्वदेशमा जनशक्ति अभाव’

Read Time = 2 mins

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रम अघि बढाइएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित निगरानी दैनिक मिडियाको पहिलो वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

वैदेशिक रोजगारबाट कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान रहेको उल्लेख गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

उलैंचा उद्योग, सुनचाँदी, इँटा उद्योग, जुत्ता तथा चप्पल उद्योगमा दक्ष नेपाली प्राविधिक उत्पादन नहुँदा अन्य देशबाट प्राविधिक भिœयाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई दक्षताअनुसारको रोजगारी प्रदान गर्दै श्रममा जोड्नुपर्नेमा जोड दिनुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आर्चायले वैदेशिक रोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदा श्रमिक र राज्य दुवैलाई विशेष राहत हुने बताउनुभयो ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगका रूपमा लिन सरकारलाई आग्रह गर्नुभयो । सो अवसरमा विभिन्न सञ्चारकर्मी तथा प्राज्ञिक, उद्योगी, व्यवसायीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?