आइएमई पेको टप-अपमा नयाँ क्यासब्याक

Read Time = 1 min

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ । सेवा थप प्रवद्र्धन गर्ने उद्देश्यका साथ आइएमई पेले मोबाइल रिचार्जमा थप दुई प्रतिशत क्यासब्याक अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप-अप गर्दा पाँच प्रतिशत क्यासब्याक पाउने सुविधा थियो ।

अफरका साथ अब सेवाग्राहीहरूले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप-अप गर्दा दुई प्रतिशत क्यासब्याक पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीले एक भाग्यशाली विजेतालाई अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि प्रदान गर्ने भएको छ । जसका लागि सेवाग्राहीले महिनाभरि कम्तीमा ५० को १० टप-अप गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?