निशा घिमिरे स्मृति पुरस्कार पवित्रा र उषालाई दिइने

Read Time = 3 mins

काठमाडौं । निशा घिमिरे स्मृति कोषले ‘निशा घिमिरे स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ । यही साउन १४ गते बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गरिने बताइएको छ । उहाँहरूलाई २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ ।

कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालका श्री मेघा चौधरी, सञ्चारकर्मी श्री प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय गरेको छ । केही वर्षअगाडि भारतमा सडक दुर्घटनामा पर्नु भएकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार भएको थियो । ५/६ महिनाको उपचारपछि उपचाररत अवस्थामै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो ।

गतवर्ष स्व.निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो । सञ्चारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवंगत हुनु भएपछि अक्षय कोषमा राखी प्रत्यक वर्ष दुईजना मोडल अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भए बमोजिम यस वर्षको पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो ।

हाल निशा घिमिरे स्मृति कोषमा श्री दुर्गानाथ दाहाल, मोहन निरौला र स्व.निशा घिमिरेकी दिदी श्री उषा घिमिरे हुनुहुन्छ । उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि समर्पण गर्ने निर्णय भएको निशा घिमिरे स्मृति कोषका सदस्यसचिव मोहन निरौलाले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?