काठमाडौं । चलचित्र ‘२ नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मितिसमेत हेरफेर भएको छ । चलचित्र अब असोजको २१ गतेबाट प्रदर्शन हुने बताइएको छ । यसअघि चलचित्र कात्तिक ४ गते प्रदर्शन हुने भनिएको थियो ।
चलचित्रको टिजरमा मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लविचको मित्रतालाई देखाइएको छ । साथमा, दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीबीचको प्रेमकथालाई समेत रमाइलो शैलीमा देखाइएको छ ।
चलचित्रमा सौगात मल्लको गेटअप र संवाद बोल्ने शैलीसमेत फरक छ । चलचित्रमा यी चार कलाकारको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।
सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङनी सहनिर्माताको रूपमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच