सिजी ल्यान्डमार्कको छुट योजना

Read Time = 2 mins

चितवन । चितवनको भरतपुरस्थित अत्याधुनिक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्यरूपमा मनाउने भएको छ । सिजी ल्यान्डमार्कले साउन २७ देखि तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने भएको हो ।

सो अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन सक्ने बताइएको छ । वार्षिकोत्सवमा मलमा आउने ग्राहकका लागि उपहारसमेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत उज्वल केसीले जानकारी दिनुभएको छ ।

शहरभित्रको शहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफरसमेत सार्वजनिक गरेको छ । पछिसम्म चल्ने मनसुन अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटले आकर्षक छुट दिनेछन् ।

केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एकमात्र गन्तव्य हो । यहाँ सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहललगायतका सुविधा उपलब्ध छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?