काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेट देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् ।

बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?