समृद्धिद्वारा शैक्षिक सामग्री प्रदान

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले हेटौंडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हेटांैडा उपमहानगरपालिका-१ मा रहेको अमर माध्यमिक विद्यालय, काठमाडौं महाराजगञ्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल-११ मा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रमअन्तर्गत दुई सय ७० जना विद्यार्थीलाई एक हजार तीन सय ५० थान कापी र दुई सय ७० थान पेन वितरण गरिएको कम्पनीका कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभयो । कम्पनीले साउन २५ गते भरतपुर महानगरपालिका-१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा-२१ मा रहेको बयाली आधारभूत विद्यालयमा पनि शैक्षिक सामग्री वितरण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?