कोषद्वारा सापटी सेवा सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सामाजिक सुरक्षा कोषले सापटी सेवा सुरु गरेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सेवाग्राहीलाई योगदानका आधारमा ऋण लिने सुविधा सुरु गरेको हो ।

योजना ३६ महिनासम्म कोषमा योगदान गरेको हकमा लागू हुने र सेवाग्राहीले जम्मा गरेको ८० प्रतिशत रकम ऋण लिन पाउने बताइएको छ । योजनाअन्तर्गत घर सापटी, शिक्षा सापटी र सामाजिक सापटी प्रदान गरिने कोषले जनाएको छ । सेवाग्राहीले घर सापटीमा ७५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । उक्त सुविधा एपबाट पनि पाउन सकिने भन्दै कोषले एपसमेत पनि सार्वजनिक गरेको छ ।

योगदानकर्ता सापटी निर्देशिका, २०७९ मा योगदानकर्ता घर सापटीअन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ ।

निर्देशिकाले तीन विधिमध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ । कोषले योगदानकर्ताको शैक्षिक तथा सामाजिक कार्य सापटीमा ९.७५ प्रतिशत व्याजदर तोकेको छ भने धितोमा व्याजदर ९.१ तोकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?