प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रदीप खड्का, ऋतिक राणा, अभिषेक बास्तोला र प्रणव खनाल नवौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । प्रदीपले प्रणव मानन्धरलाई ६-२ र ६-४, ऋतिकले राजवीर प्रधानलाई ६-२ र ६-३, अभिषेकले आर्यन गिरीलाई ६-१ र ६-० तथा प्रणवले आरभ सम्राट हाडालाई ७-५ र ६-२ को सोझो सेटमा पराजित गर्नुभयो । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियार, सिमान्त गुरुङ, सन्तोष खत्री र कमलबहादुर भण्डारी सेमिफाइनलमा पुग्नुभयो ।

उक्त उमेर समूहको पुरुष डबल्समा जितेन्द्र र सुवर्ण धाक्वा, सिमान्त र अनिल साइ, कमल र सुमित मैनाली तथा सन्तोष र दावा सोनाम शेर्पाको जोडी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहनुभयो । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, जित प्रधान, मनोज राणा, राजु श्रेष्ठ, प्रदीपबहादुर शाह, जीवन घिमिरे, बाबुकृष्ण कार्की र उत्तमकुमार लामाले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

सो उमेर समूहको डबल्समा सुवर्ण र कृष्णराज घले, मनोज राणा र विनोद कायस्थ, राजु श्रेष्ठ र इब्राहिम मुस्लिम, काजी गुरुङ र विदुर विष्ट तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले क्वाटरफाइनल यात्रा तय गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?