नागरिकता विधेयकको विरोधमा राजधानीमा आज नेमकिपाको विरोध सभा

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ । नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले बताउनुभयो । उहाँका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् ।

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ । विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?