सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

Read Time = 1 min

काठमाडौं । ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौंमा अडिसन हुँदैछ ।

ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताउनुभयाे ।

कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो । यो शोमा परमिता राणा, अश्मी श्रेष्ठ, करुणा श्रेष्ठ, सविता कार्की, सिर्जना रेग्मीलगायतका मोडलले र्‍याम्प नापेका थिए ।

कम्पनीले ‘मिलाने रनवे’ र ‘ढाका रनवे’ जस्ता शोको आयोजना पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?