थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार ६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७९ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि कोरोना संक्रमणका कारण निधन भएको छैन ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२७ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?