सिएनआई युवा मञ्चको बोर्ड अध्यक्षमा अग्रवाल

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारणसभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा बोर्ड गठन गरेको छ । अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बन्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध एक सफल व्यवसायी हुनुहुन्छ । उहाँले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गर्नुभएको छ । सन् २०२१/२०२२ को अध्यक्ष अमुन थापा हुनुहुन्थ्यो । सस्तोडिलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका थापा मञ्चको गभर्निङ काउन्सिलमा सामेल हुनुभएको छ । थापासँगै गभर्निङ काउन्सिलमा पूर्वअध्यक्षहरू रोहित गुप्ता र चाङ अग्रवाल हुनुहुन्छ ।

मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निङ चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावगी (कम्युनिकेसन चेयर), अङ्कुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप चेयर) निर्वाचित हुनुभएको छ । यस वर्ष स्टार्टअपका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवामा उद्यमशीलताको भावना जगाउन मञ्चकेन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?