काठमाडौं । बसे पनि शहर, गाउँकै खाने रहर भन्ने नाराका साथ ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादन प्रशोधन गरी बिक्री गर्दै आएको पैंचो पसल प्रालिद्वारा उत्पादित ‘पैंचो उत्पादन’ अमेरिकामा पनि निर्यात हुन थालेको छ । पैंचोले आफ्ना उत्पादन विश्वभर रहेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरु गरेको हो ।
पैंचोका उत्पादन अमेरिका पुर्याउन न्युयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत् सहकार्य गरेको छ । कम्पनीका अनुसार पैंचो पसल प्रालिका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दोक्रममा छ भने विदेशमा बसोबास गर्ने आमनेपाली समुदायले पनि रुचाउने आफ्नै जन्ममाटोको स्वादको पारखकै कारणसमेत पैंचोले उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन लागेको हो ।
कम्पनीले यसअघि जापान, अष्ट्रेलिया र युरोपका विभिन्न देशमा निर्यात गर्दै आएकोमा अबदेखि अमेरिकामा पनि निर्यात सुरु भएको पैंचोका बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिनुभएको छ । २०७१ सालमा गुल्मीबाट सुरु भएको पैंचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोटलगायत जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थमात्र खरिद गर्दै आएको छ । ग्रामीण अर्थतन्त्र सबल बनाउन र केहीमात्रामा भए पनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैंचोका उत्पादनले भूमिका खेलिरहेको कम्पनीको दाबी छ । साथै पैंचोले आयात प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानलाई पनि औद्योगिक कच्चा पदार्थ उपलब्ध गराउँदै आएको छ ।
हालैमात्र पैंचोका उत्पादनले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्रमाणपत्र आइएसओ, डब्लुएचओ-जिएमपी र एचएसिसिपी प्राप्त गरेका छन् । कम्पनीमा १० हजार कृषक प्रत्यक्ष अप्रत्यक्षरूपमा आबद्ध रहेको बताइएको छ । पैंचोले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, जाम, केचप, सस, टोमेटो प्युरी, भेनेगर उत्पादन गर्दै आएको छ भने परम्परागत खाद्यवस्तुतर्फ फापरको पिठो, कोदोको पिठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आँटो (च्याँख्ला) लगायत पनि उत्पादन गर्दै आएको छ । अन्य देशसँग पनि सहकार्य गरेर विश्वका विभिन्न देशमा निर्यात गर्ने तयारी रहेको पैंचोका निर्देशक राजन पौडेलले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच