बैतडीमा छोटो दुरीका लागि सार्वजनिक यातायतका साधनमा नयाँ भाडादर लागू

Read Time = 4 mins

-डम्बर बोहरा
बैतडी । बैतडीमा छोटो दुरीका सार्वजनिक यातायातका लागि निर्धारण गरिएको नयाँ भाडादर बुधबारबाट लागू भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी र सरोकारवालाहरुको सर्वपक्षीय बैठकले निर्धारण गरिएको भाडादर आजबाट लागू भएको हो । यात्रुहहरुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दुरीका सार्वजनिक यातायात जीपको नयाँ भाडादर निर्धारण गरिएको थियो ।

नयाँ निर्धारण गरिएको भाडार आज लागू भएको र अनुगमन पनि भैरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । यातायत व्यवसायीले तोकिएको भन्दा बढी भाडा लिएको पाइए कार्वाही गरिने उहाँले बताउनुभयो ।
बुधबारबाट अनिवार्यरुपमा सार्वजनिक यातायतमा टिकट काट्नुपर्नेछ भने प्रत्येक सार्वजनिक यातायातमा भाडादर अनिवार्य रुपमा टास्नुपर्ने र सीट क्षमताभन्दा बढी यात्रु बोकेका पनि कारबाही हुने जनाइएको छ । टिकट नकाटेर यात्रुलाई बोकेको खण्डमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी जानकारी दिनुभयो ।

नयाँ भाडादर अनुसार गोठलापानी देखि देहिमाडौँ सम्मको प्रतियात्रु ७० रुपैँया, गोठलापानी–सतबाँझ १ सय ५०, गोठलापानी–पाटन २ सय ३०, गोठलापानी–खोड्पे ३ सय ५०, गोठलापानी–झुलाघाट १ सय ६० भाडा निर्धारण गरिएको छ ।यस्तै गोठलापानी–सिल्लेगडा २ सय ३०, गोठलापानी–खोचलेक २ सय ५०, गोठलापानी –बसाली ३ सय, गोठलापानी–दोली ३ सय ५०, गोठलापानी–गोकुलेश्वर ४ सय ४० रुपैंया तोकिएको छ । यस्तै देहिमाण्डौँ देखि गिरेगडा सम्मको कच्ची सडकमा ३ सय २०, देहिमाण्डौँ –भट्टाड १ सय ७०,देहिमाण्डौँ–डिबड्या २ सय १० र गोठलापनी–सेरा कच्ची सडकमा १ सय ७५ रुपैँया भाडा निर्धारण गरिएको हो ।

यसैगरि झुलाघाट देखि बित्थडको ७ सय , गोठलापानी–डडेल्धुरा ५ सय , पाटन–अड्तोला ७५, पाटन–स्याडीखोला एक सय , पाटन–सलेना एक सय ५०, पाटन–लामालेक २ सय ३०, पाटन–मेलौली २ सय ५० र खोड्पे – विन्द्रावन सम्मको भाडा एक सय तोकिएको छ । यसका साथै अन्य कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैँयाका दरले भाडा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?