मंसिर ४ निर्वाचन : भोजपुर कांग्रेसमा उम्मेदवारका आकांक्षीहरू धैरै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

निरोज कोइराला/हिटा
भोजपुर । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा पनि पार्टीसँग टिकट माग्ने क्रम सुरु गरिएको छ । भोजपुरमा प्रदेशसभातर्फ दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र कायम छ । जसका लागि अहिले आकांक्षीहरूले टिकटका लागि लबिङ सुरु गरेका हुन् । नेपाली कांग्रेस भोजपुरमा पनि चुनावका लागि टिकट माग्ने र घोषणा गर्ने क्रम सुरु भएको छ । गठबन्धन दलका बीचमा पनि कुन क्षेत्र कसलाई भन्ने चर्चा चलिरहँदा नेपाली कांग्रेसमा प्रदेशसभाका लागि टिकटको लबिङ भइरहेको हो ।

कांग्रेस नेता हेमन्त राईले प्रदेश क्षेत्र नम्बर ‘क’ का लागि क्षेत्रीय सभापतिलाई निवेदन बुझाउनुभएको छ । उहाँ कांग्रेस महासमिति सदस्य हुनुहुन्छ । यस्तै पूर्वमहाधिवेशन प्रतिनिधि दिनेशकुमार कार्कीले पनि प्रदेश क्षेत्र नम्बर ‘ख’ का लागि दाबी गर्नुभएको छ । उहाँले पनि टिकटका लागि निवेदन बुझाउनुभएको छ । कांग्रेसमा टिकटका लागि आकांक्षीहरू धेरै नै देखिएका छन ।

प्रदेशसभातर्फ पनि आकांक्षीहरू धैरै नै देखिएकाले सो विषयमा पार्टीले पनि छलफल गरिरहेको जिल्ला सभापति विनोद बान्तवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आकांक्षीहरूका विषयमा पार्टीले छलफल र बैठक गरी टुंगोमा पु¥याउनेछ ।’
भोजपुरमा नेकपा (एमाले) र गठबन्धन दलका बीचमा मंसिर ४ मा प्रतिस्पर्धा हुने देखिएको छ । जसका लागि जिल्लास्थित राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा व्यस्त देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?