टेबलटेनिस छनोट सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्षसमेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान बज्राचार्यले जनाउनुभएको छ ।

नकआउट आधारमा हुने प्रतियोगिताबाट समान पाँच/पाँच पुरुष/महिला खेलाडीको छनोट गरिनेछ । प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतको उपस्थिति थियो ।

बागमती प्रदेशको उसु खेलाडी छनोट पनि बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा ११ जिल्लाका ७१ पुरुष र ४५ महिला खेलाडी सहभागी छन् ।

तीनदिने प्रतियोगिताबाट सान्सौमा नौ पुरुष र ६ महिला तथा थाउलोमा आठ/आठ पुरुष/महिला गरी जम्मा ३१ खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर प्राप्त गर्नेछन् । बिहीबारदेखि रग्बीको छनोट सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?