शाओमीको दशैं ‘दशमी’ अफर

Read Time = 2 mins

काठमाडौं । शाओमी नेपालले दशैंको शुभ अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । एक महिना लामो क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जोकोहीले पनि दशमी लक्की ड्रमा प्रत्यक्ष सहभागी भई रोमाञ्चक उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले एमआई ४५.६५ इन्च टिभी, चारजनाले एमआई ४३ इन्च टिभी र दैनिक १० जना भाग्यशालीले बड थ्री लाइट, मोसन लाइट नाइट लाइट वा केकव्याण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउनुहुने बताइएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डा भन्नुहुन्छ, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा एमआई फ्यानबाट अप्रत्यासित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनमा उच्च मापदण्ड सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै कम्पनीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकको केही नयाँ किन्ने र आफ्ना प्रियजनसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’ अफर असोज १४ सम्म मान्य हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?