सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्ड

Read Time = 4 mins

काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रको योगदानको कदर गर्दै आयोजित सस्तोे टिकेट्स बेस्ट एयरलाइन्स अवाडर््स २०२२ सम्पन्न भएको छ । ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरेको कार्यक्रममा विभिन्न १६ विधामा सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल २०२२ घोषणा गरिएको हो । सर्वसाधारणले अनलाइनमार्फत् गरेको भोट, नोमिनेसन बोर्डले गरेको डाटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्यांकबाट प्राप्त नतिजाका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ ।

सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल २०२२ मा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाजका अध्यक्ष तथा नेपालस्थित स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा, स्कल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सिएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो । अवार्ड्समा काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिकतर्फका नौ वायुसेवा कम्पनी प्रतिस्पर्धामा थिए ।

बेस्ट एयरलाइन्स अफ द इयर बुद्ध एयरले प्राप्त गरेको छ भने बेस्ट एयरलाइन्स अफ द इयर हाइब्रिड तथा एलसिसी हिमालय एयरलाइन्स, बेस्ट एयरलाइन्स अफ द इअर अफलाइन अपरेसन एमिरेट्स एयरवेज, बेस्ट नेसनल एयरलाइन्स नेपाल एयरलाइन्सले प्राप्त गरेका छन् ।
त्यस्तै, बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन नेपाल एयरलाइन्स ग्राउण्ड हृयाण्डलिङ्, बेस्ट बिजनेस क्लास कतार एयरवेज, बेस्ट इकोनोमी क्लास फ्लाई दुबई, बेस्ट क्याबिन क्रु एयर अरबिया, बेस्ट ट्रान्जिट एयरपोर्ट लाउन्ज टर्किस एयरलाइन्स, बेस्ट एयरलाइन्स रिवाडर््स प्रोग्राम कतार एयरवेज, बेस्ट एयरलाइन्स एयर फेयर पोलिसी कतार एयरवेजले प्राप्त गरेका छन् ।

बेस्ट एयरलाइन्स फ्रन्ट डेस्क सपोर्ट जजिरा एयरवेज, सिइओ अफ द इयर नेपाल एयरलाइन्सका वीरेन्द्रबहादुर बस्नेत, बेस्ट एयरलाइन्स म्यानेजर अफ द इयर इन्टरनेसनल एयरलाइन्सका सारिक बोगटी (कतार एयरवेज) र बेस्ट जनरल सेल्स एजेन्ट (जिएसए) फर फरेन एयरलाइन्स सोसाइटी इन्टरनेसनलले प्राप्त गरेका छन् । कार्यक्रम आयोजक ग्लोबल एक्रिडिएसन काउन्सिलकी प्रमुख कार्यकारी अधिकृत रोस्मिता बरालले अवार्डले नेपालको एभिएसन क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?